नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको पहिलो निर्णय: ५०० र १००० रुपैयाँका नयाँ नोट छपाइ प्रक्रिया सुरु|

Logo
Red FM बुधबार, जेठ ०८, २०८२

नेपाल राष्ट्र बैंकका १८औं गभर्नर डा. विश्वनाथ पौडेलले २०८२ जेठ ७ गते पदभार ग्रहण गरेपछि पहिलो निर्णयस्वरूप ५०० र १००० रुपैयाँ दरका नयाँ नोट छपाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन्।

गभर्नर पौडेलले मौद्रिक नीति र वित्तीय नीति छुट्टाछुट्टै विषय भएको स्पष्ट पार्दै, मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक नभएको बताए। तर, यदि सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले अवरोध गरिरहेको देखिएमा त्यसलाई परिमार्जन गरिनेछ भने।

उनले बैंकिङ प्रणालीको सुधार, मुद्रास्फीतिको नियन्त्रण, र वित्तीय स्थायित्वलाई प्राथमिकता दिने बताएका छन्। साथै, नीति निर्माणमा पारदर्शिता र पेशागत स्वतन्त्रता कायम राख्ने प्रतिवद्धता जनाएका छन्।

यसैबीच, गभर्नर पदका आकांक्षी राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक प्रक्रिया अनुसार निर्णय हुने पौडेलले स्पष्ट पारे।

गभर्नर पौडेलले समावेशी, पारदर्शी र दिगो वित्तीय प्रणाली निर्माणमा आफू क्रियाशील रहने बताएका छन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356