पथरी शनिश्चरेमा २० करोड लागतको प्रशासनिक भवन शिलान्यास

Logo
भोजराज घिमिरे सोमबार, जेठ ०६, २०८२

पथरी शनिश्चरेमा २० करोड लागतको प्रशासनिक भवन शिलान्या

मोरङ ,पथरी शनिश्चरे, जेठ ५ — मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको शिलान्यास सोमबार सम्पन्न भएको छ। नगरपालिकाको वडा नं. १०, शिविर डाँडास्थित सरकारी जग्गामा नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देविमाया काफ्लेको संयुक्त उपस्थितिमा भवनको शिलान्यास गरिएको हो।

१२ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त पाँचतले भवनको लागत २० करोड ३ लाख २३ हजार रूपैयाँ रहने प्रमुख प्रशासकीय अधिकृत शशी राईले जानकारी दिनुभयो। उहाँका अनुसार बैशाख ४ गते निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ, जसअनुसार २०८३ सालको चैत्र मसान्तसम्ममा भवन निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ।

भवन निर्माणका लागि नगरपालिकाले ४ करोड ७० लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने नेपाल सरकारले १२ करोड रुपैयाँको अर्धरकम सहयोग गर्ने व्यवस्था मिलाइएको छ। बाँकी आवश्यक रकम अन्य स्रोतमार्फत जुटाइने योजना रहेको अधिकृत राईले बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गरेका नगरप्रमुख तुम्वापोले सरकारी जग्गा नगरको नाममा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, उहाँले भवन निर्माणका लागि योगदान दिने सबै पक्षलाई श्रेय जाने उल्लेख गर्नुभयो।

शिलान्यास समारोहमा संविधान सभा सदस्यद्वय चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ मगर, नगरका पूर्व प्रमुख दिलिपकुमार राई, पूर्व शनिश्चरे गाविस अध्यक्ष मोहन न्यौपाने, नेपाली कांग्रेसका नगर उपसभापति कुलबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा पूर्व उपप्रमुख यमुना विष्ट वास्तोला, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वर्तमान तथा पूर्व वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजनीतिक दलका नगरस्तरीय नेताहरु तथा विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन नगर शिक्षा विभाग प्रमुख नवीन खुलाल बुढाथोकीले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356