सेती नदी जलविद्युत् परियोजनाको निर्माण सम्पन्न, २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो |

Logo
Red FM शनिबार, बैशाख २७, २०८२

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकास्थित सेती नदीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् परियोजनाको निर्माण सम्पन्न भएको छ।

परियोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ र परियोजनाको औपचारिक उद्घाटन कार्यक्रम शुक्रबार आयोजना गरिएको थियो।

परियोजनाको स्वामित्व लिने भिजन लुम्बिनी इनर्जी कम्पनी लिमिटेडले उद्घाटन समारोह आयोजना गरेको हो।

२०७७ सालमा सुरु गरिएको निर्माण कार्य सम्पन्न भई २०८१ सालदेखि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ। कम्पनीका अध्यक्ष जगत पोखरेलका अनुसार, परियना सञ्चालनमा आएयता प्रत्येक महिना विद्युत् खरिद सम्झौताभन्दा बढी ऊर्जा उत्पादन भइरहेको छ।

परियोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको चार किलोमिटर लामो ट्रान्समिसन लाइनमार्फत लाहाचोक सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

परियोजनाले पहिलो वर्षमै वार्षिक ८७ करोड रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको छ। करिब ६ अर्ब रुपैयाँको लगानीमा सम्पन्न यस परियोजनामा कर्मचारी सञ्चय कोष, कृषि विकास बैंक र एनएमबी बैंकको अगुवाइमा ऋण लगानी गरिएको हो।

उद्घाटन कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादक संघ (IPPAN) का अध्यक्ष गणेश कार्की लगायतले भिजन लुम्बिनीले ऊर्जा उत्पादनमा देखाएको मापदण्ड उदाहरणीय भएको बताए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356