

“Vianet 1st Koshi IT Summit 2025 – Powered by BYD” वैशाख २० गते विराटनगरमा हुँदै
— सूचना प्रविधिको सम्भावना, अवसर र चुनौतीमाथि गहन छलफल हुने विराटनगर, वैशाख १८नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति अन्तर्गतको युवा उद्यमी मञ्च विराटनगरले यही वैशाख २० गते शनिवार विराटनगर नजिकैको टंकीस्थित विराट मेडिकल कलेजमा एक दिने “Vianet 1st Koshi IT Summit 2025 – Powered by BYD” आयोजना गर्ने भएको छ।
बुधवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले सम्मेलनको उद्देश्य, कार्यक्रमको रूपरेखा र सहभागिताबारे जानकारी गराएका हुन्। सम्मेलनको प्रमुख उद्देश्य कोशी प्रदेशमा सूचना प्रविधिको क्षेत्रीय सम्भावनालाई उजागर गर्दै रोजगारीको अवसर सिर्जना गर्नु, नवप्रवर्तनलाई प्रवर्द्धन गर्नु र डिजिटल भविष्य निर्माणमा टेवा पुर्याउनु रहेको छ।
सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ वक्ताहरू, ५०० भन्दा बढी सहभागीहरू, स्टार्टअप र आईटी कम्पनीहरूका प्रदर्शनी स्टलहरू, नेटवर्किङ सेसनहरू र ब्रान्ड प्रमोशन सहितको कार्यक्रम रहनेछ।
कार्यक्रमका टाइटल स्पोन्सर Vianet र Powered by Partner को रूपमा BYD रहेका छन्। सम्मेलनको सबै सेसनहरू CNIYEF Koshi को युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। साथै, पोस्ट-इभेन्ट रील्स, अन्तरवार्ता तथा सहभागी अनुभवहरू समेटेर डिजिटल सामग्रीको उत्पादन पनि गरिनेछ।
युवा उद्यमी मञ्चका सभापति मुनन रिजालले मोरङ, सुनसरी र विराटनगर क्षेत्रका विभिन्न कलेजहरूमा आईटी विषय अध्ययनरत ५०० भन्दा बढी विद्यार्थी सम्मेलनमा सहभागी हुने जानकारी दिए। सम्मेलन संयोजकको जिम्मेवारी सुशान प्रधानलाई दिइएको छ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले सम्मेलनको उद्देश्य शिक्षित युवालाई देशमै आईटी क्षेत्रमा अवसर प्रदान गर्नु रहेको बताए। उनले भने, “आजको पुस्ता कृषि पेशाबाट विमुख हुँदै विदेश पलायन हुने प्रवृत्तिमा छन्। यस्तो अवस्थामा आईटीजस्तो आधुनिक क्षेत्रमा रोजगारी सिर्जना गरेर युवालाई रोक्नु हाम्रो दायित्व हो।”
सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय गरिएको छ