राताम्मे शेयर बजार, २५ अंकको गिरावट

Logo
Red FM सोमबार, माघ ०८, २०८०

आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ६३ अंकले घटेर २,१३० दशमलव १८ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर र अन्य बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ९१लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । मिड सोलुका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ दशलमव २७ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356