नेपाली युवाहरू संविधानविपरीत रुस र युक्रेनको सेनामा भर्ती भए : प्रचण्ड

Logo
Red FM आइतबार, माघ ०७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरूले राज्यको नीति र संविधानविपरीत कार्य गरेको बताएका छन् ।

तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले आज त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जागिर खाने नाममा गैरजिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुन नहुने बताए ।

प्रधानमन्त्री प्रचण्डले रुस र युक्रेनको सेनामा भर्ती भएका नेपाली युवाहरूलाई फर्काउन सरकारले पहल गरे पनि तत्काल सम्भव नदेखिएको बताए । युद्धरत देशहरूले यो विषय तत्कालै मानिहाल्ने सम्भावना नरहेको उनले बताए ।

उनले अबका दिनमा युवाहरू स्वयं जिम्मेवार बन्न आग्रह समेत गरे । उनले मृतक परिवारलाई क्षतिपूर्ति र शव फिर्ता ल्याउने सम्बन्धमा रुसका उपविदेशमन्त्री स्तरमा छलफल भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356