काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेका बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानी ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।