विराटनगर महानगरको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, ४३ विद्यालयका १ हजार ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने

Logo
Red FM बिहिबार, माघ ०४, २०८०

विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले कक्षागत पाठ्यक्रम अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गरे । खेलकुदले शारीरिक र मानसिक विकाससँगै व्यक्तिलाई अनुशासित बनाउन सहयोग गर्ने उनको भनाइ थियो । मेयर कोइरालाले सीमित स्रोत र साधनका बाबजुत पनि महानगरले विराटनगरवासीको सर्वाङ्गिण विकासमा ध्यान दिएको बताए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356