बागमतीविरुद्ध आर्मी ९७ रनमा अल आउट, सूर्यले लिए ५ विकेट

Logo
Red FM बुधबार, माघ ०३, २०८०

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लब ९७ रनमा अल आउट भएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रनमै समेटिएको हो । आर्मीलाई सस्तोमा समेट्न बागमतीका सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए ।

९ ओभर बलिङ गरेका सूर्यले २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । सूर्यले यसअघि मंगलबार भएको खेलमा मधेस प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए । बागमतीका रिजन ढकाल र प्रतिश जिसीले २-२ र कृजन गुरुङले १ विकेट लिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356