बजारमा सामान्य करेक्सन हुँदा कारोबार रकम झण्डै १० अर्ब

Logo
Red FM बुधबार, माघ ०३, २०८०

नेप्से परिसूचकले २२ सयको बिन्दुलाई छोएको छ । बुधबार बिहान बजार खुलेको ५ मिनेट ८ सेकण्डमा परिसूचकले २२ सयको बिन्दुलाई छोएको हो ।

आज शेयर बजार लामो उतारचढावपछि अन्तत १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा अडिएको छ । यसदिन बजारमा ३ करोड ३५ लाख २५ हजार ७०२ किक्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ८६८ रुपैयाँको कारोबार भएको छ । जुन यस वर्षकै बढी करोबार हो ।

आजको कारोबारमा ग्लोबल आईएमई लघुविक्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेका छन् भने इस्टर्न हाइड्रोपावर लिमिटेड र भुगोल इन्र्जी डेभलपमेन्ट कम्पनीको सेयर नेगेटिभ सकिर्टका साथ सर्वाधिक घाटामा रहेका छन् । बुधबार बजार पूँजीकरण ३३ खर्ब ९७ अर्ब रुपैयाँ बढी रहेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356