आइतबार दोहोरो अंकले बढ्यो नेप्से

Logo
Red FM आइतबार, पुष २९, २०८०

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज ३१.६२ अंकले नेप्से बढेर २१२०.६२ अंकमा पुगेको छ । नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ४.०२ अंकले बढेर ३८८.१७ अंकमा पुगेर बन्द भएको छ ।

आइतबार कुल ३१४ कम्पनीको कारोबार हुँदा १ करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयर ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रुपैयाँमा किनबेच भयो । आज २११ कम्पनीका लगानीकर्ताले कमाउँदा ३३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबारका दृष्टिले आज नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रोमोटर शेयरको सर्वाधिक कारोबार भयो । यो कम्पनीको प्रोमोटर शेयर ३५ करोड ६८ लाख ३८ हजार ७२० रुपैयाँको कारोबार भयो । त्यस्तै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २४ करोड ३ लाख १२ हजारको कारोबार हुँदा हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको ११ करोड ८३ लाख ११ हजारको कारोबार भयो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356