विराटनगरको अरनिको आवासीय स्कुलमा कक्षा १२ बिदाइ कार्यक्रम सम्पन्
विराटनगर । अरनिको आवासीय सेकेण्डरी स्कुल ले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाइ गरेको छ । व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले शुभकामना सहित बिदाइ गरेको हो । कार्यक्रमको प्राविधिक व्यवस्थापन सास्थम कलेज ले गरेको थियो ।
कलेजका प्रिन्सिपल राजेश कार्की का अनुसार व्यवस्थापन संकाय र होटल म्यानेजमेन्टतर्फका ५५ जना विद्यार्थीलाई बिदाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल कार्कीले विगतका वर्षहरूझैँ यस वर्ष पनि अरनिको आवासीय स्कुलका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएर कलेज र सहरको गरिमा बढाउने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै कलेजमा सिकेको ज्ञान, अनुशासन र आत्मविश्वासलाई परीक्षा हलमा उच्च मनोबलका साथ प्रस्तुत गर्न आग्रह गरे । विद्यार्थीहरूको मेहनत र लगनशीलताकै कारण अरनिको आवासीय स्कुल देशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक बन्न सफल भएको उनले बताए ।
बिदाइ कार्यक्रममा सुशिल खनाल, विनय विष्णु केसी, रोशन बहादुर थापा, महेश्वर प्रसाद सिंह तथा शैलेन्द्र गणेश लगायतको उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी परीक्षामा सफलताको शुभकामना दिएका थिए ।
लामो समयदेखि विराटनगरमा व्यवस्थापन र विज्ञान संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अरनिको आवासीय सेकेण्डरी स्कुल यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित छ ।
