विराट गोल्डकपको उपाधिका लागि झापा–११ र सम्राट स्पोर्टिङ क्लब आमनेसामनेविराट गोल्डकपको उपाधिका लागि झापा–११ र सम्राट स्पोर्टिङ क्लब आमनेसामने
विराटनगर । ३८औं संस्करणको नोबेल विराट गोल्डकप अन्तर्गत उपाधिका लागि पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लबबीच आज रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।
विराटनगरस्थित सहिद रंगशाला मा शनिबार साँझ ७ बजेदेखि सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन्।
झापा–११ दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छ। यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको झापाले यसपटक पनि आर्मी र नेपाल पुलिस क्लबजस्ता बलिया टोलीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो।
यता, पहिलो सहभागितामै फाइनल पुगेको सम्राट स्पोर्टिङ क्लब उच्च मनोबलमा देखिएको छ। उसले क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ ले र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई उस्तै ३–१ गोल अन्तरले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको हो।
प्रि–म्याच कन्फ्रेन्समा सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको साथलाई आफ्नो टोलीको मुख्य शक्ति बताएका छन्। कप्तान अशोक खवासले फिनिसिङमा सुधार गर्दै उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्।
उता, झापा–११ का प्रशिक्षक गणेश खड्काले खेलाडीका रूपमा जितेको उपाधि प्रशिक्षकका रूपमा पनि दोहोर्याउने लक्ष्य रहेको बताएका छन्। कप्तान पूजन थापाले टोली सन्तुलित र बलियो रहेको दाबी गरेका छन्।
चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टोलीको सहभागिता रहेको थियो। फाइनलको विजेताले नगद ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
फाइनल खेललाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार टिकट, पार्किङ र समग्र व्यवस्थापनलाई व्यवस्थित बनाइएको छ।
दुवै टोलीको उत्कृष्ट प्रदर्शनका कारण उपाधि भिडन्त अत्यन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। फुटबलप्रेमीहरूका लागि यो फाइनल विशेष आकर्षणको केन्द्र बन्नेछ।