बिराटनगरमा रामनवमीको अवसरमा भव्य मोटरसाइकल र्‍याली तथा दीप प्रज्वलन

Logo
Red FM शनिबार, चैत्र १४, २०८२

बिराटनगरमा रामनवमीको अवसरमा भव्य मोटरसाइकल र्‍याली तथा दीप प्रज्वलन
विराटनगर, चैत — रामनवमीको पावन अवसरमा विराटनगरमा धार्मिक उत्साह र सामुदायिक एकताको सन्देश फैलाउँदै भव्य मोटरसाइकल र्‍याली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
श्रीरामको झण्डा र ब्यानरसहित सजिएका मोटरसाइकल तथा सवारी साधनहरूको सहभागितामा निकालिएको र्‍यालीले शहरका विभिन्न भाग परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले जय श्रीरामका नारासहित धार्मिक वातावरण सिर्जना गरेका थिए, जसले सम्पूर्ण क्षेत्रलाई भक्तिमय बनाएको थियो।
विराटनगरको तिनपैनी चोकमा दीप प्रज्वलनसहित भजन–कीर्तन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने उपस्थित भक्तजनहरूले दीप प्रज्वलन गरी भगवान श्रीरामप्रति श्रद्धा अर्पण गरेका थिए।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो। केन्द्रका अध्यक्ष मिना जोशी, उपाध्यक्ष विद्यानन्द माझी,सचिब भोजराज घिमिरे , कोषाध्यक्ष सन्तोष बाहेती तथा सह–सचिव हिरा थापा मगरको सहभागितामा कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न भएको हो।
यसैगरी, सल्लाहकारहरू यादव पोखरेल (अधिवक्ता), सुनिल कर्ण, पुनम गुप्ता र विजय शर्मा लगायतले पनि कार्यक्रममा सहभागिता जनाउँदै भजन–कीर्तनमा रमाएका थिए। विशेष गरी, भजन गायक राम प्रसाद ठाकुरको सुमधुर प्रस्तुतीले कार्यक्रममा थप उत्साह र भक्तिमय वातावरण सिर्जना गरेको थियो।
कार्यक्रमको संयोजन तथा प्रसाद व्यवस्थापन कोषाध्यक्ष सन्तोष बाहेती र विजय शर्माले संयुक्त रूपमा गरेका थिए, जसले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेले।
धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। आयोजकले यस्ता कार्यक्रमहरूले समाजमा एकता, सद्भाव र सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356