लोकतान्त्रिक गैरसरकारी संस्था महासंघको कोशी प्रदेश समिति गठन

Logo
भोजराज घिमिरे बुधबार, चैत्र ०४, २०८२

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघको कोशी प्रदेश समिति गठन
विराटनगर, चैत ४ — लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपालको कोशी प्रदेश समिति गठन गरिएको छ। विराटनगरमा सम्पन्न भेलाले कमला कडेलेको अध्यक्षतामा नयाँ प्रदेश समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा झापाका ओमप्रकाश गौतम, महिला उपाध्यक्षमा सुनसरीकी कोशिला चौधरी, महासचिवमा मोरङकी पार्वती गच्छदार तथा कोषाध्यक्षमा पाँचथरका रमेशचन्द्र सुवेदी चयन भएका छन्।
महासंघको विधानअनुसार जिल्ला समितिका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ। सोही अनुसार मोरङ जिल्ला अध्यक्षमा दिलीप कुमार काफ्ले चयन भई प्रदेश समितिमा पदेन सदस्य रहने जनाइएको छ।
भेलाले सदस्यता नवीकरणका लागि सदस्य संस्थाहरूलाई आह्वान गर्ने, जिल्ला समितिहरू गठन तथा पुनर्गठन गर्ने र पालिकास्तरीय समिति विस्तार गर्ने निर्णय पनि गरेको छ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव मदनराज कटुवाल र केन्द्रीय सदस्य केशरकुमार बस्नेतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356