हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

Logo
भोजराज घिमिरे बुधबार, चैत्र ०४, २०८२

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
भोजपुर । सोमबार राति आएको हावाहुरीका कारण सशस्त्र प्रहरीको ब्यारेकमा क्षति पुगेपछि सुरक्षाकर्मीलाई बसोबासमा समस्या भएको छ।
हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो। छाना उडाएपछि त्यहाँ कार्यरत सशस्त्र प्रहरीहरूलाई बस्न असहज भएको बताइएको छ।
गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाका अनुसार हावाहुरीसँगै परेको वर्षाले समस्या झन् बढाएको छ। “छाना उडाएपछि वर्षाका कारण बसोबासमा कठिनाइ भएको छ,” उनले भने।
हावाहुरीले भोजपुर जिल्लाभर विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार घर, विद्यालय, स्वास्थ्य संस्था, रेडियो टावर तथा नेपाल टेलिकमका टावरमा समेत क्षति पुगेको छ। हाल क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार क्षतिको पूर्ण विवरण संकलन भएपछि राहतका विषयमा छलफल गरिनेछ। स्थानीय तहहरूले पनि क्षति विवरण संकलन र राहत व्यवस्थापनको काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356