नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न

Logo
भोजराज घिमिरे सोमबार, चैत्र ०२, २०८२

नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न
पथरी शनिश्चरे , चैत २ गते
मोरङको पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
शुक्रबार उद्घाटन गरिएको उक्त कार्यक्रम आज समापन गरिएको हो। पथरी शनिश्चरे नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरूको सहभागितामा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो।
विजेताहरू यसप्रकार छन् :
विज्ञान प्रदर्शनीतर्फ :
प्रथम – बुद्ध माध्यमिक विद्यालय
दोस्रो – पञ्चायत माध्यमिक विद्यालय
तेस्रो – रेडस्टार/भूपू सैनिक विद्यालय
सान्त्वना – एभरेष्ट विद्यालय
आधारभूत तह नृत्यतर्फ :
प्रथम – छेवाङ दोर्जे तामाङ (हिरक आवि)
दोस्रो – सान्भी श्रेष्ठ (स्मार्ट मन्टेश्वरी)
तेस्रो – विनिशा माझी (रेडस्टार)
सान्त्वना – योङ्छोमा लिम्बु (मोरङ मेरिगोल्ड)
माध्यमिक तह नृत्यतर्फ :
प्रथम – सुजता घिसिङ (पञ्चायत मावि)
दोस्रो – जेनिशा तामाङ (वाल्मीकि)
तेस्रो – पार्वती गुरुङ (रेडस्टार)
माध्यमिक तह गायनतर्फ :
प्रथम – रिक्जन दर्नाल (रेडस्टार)
दोस्रो – अदित राई (सिंहवाहिनी)
तेस्रो – शिका अधिकारी (प्यागोडा)
आधारभूत तह गायनतर्फ :
प्रथम – निश्चल लिम्बू (रेडस्टार)
दोस्रो – आदर्श धिताल (पञ्चायत)
तेस्रो – ओशियन सेन्चुरी (एभरेष्ट)
माध्यमिक तह चित्रकलातर्फ :
प्रथम – सलिना माझी (पञ्चायत)
दोस्रो – स्नेहा वनेम (एभरेष्ट)
तेस्रो – प्रजल राउत (भूपू सैनिक)
आधारभूत तह चित्रकलातर्फ :
प्रथम – आयुस्मा लिम्बु (वाल्मीकि)
दोस्रो – नरेन लिम्बु (ग्रेटग्रेस)
तेस्रो – अस्मी बराइली (रेडस्टार)
कार्यक्रममा विजेताहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई उद्घाटनकै दिन प्रोत्साहन स्वरूप पुरस्कार वितरण गरिएको थियो।
**पञ्चायत माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा (यज्ञ)**को अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, वडा नं. ९ का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. १ का वडाध्यक्ष भीमकुमार राई, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, नगर शिक्षा शाखा प्रमुख नविन खुलाल, शिक्षा अधिकृत बिना मिश्र, प्याब्सन नगर अध्यक्ष सन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष अर्जुनकुमार बुढाथोकी, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356