हाम्रो प्रयासको छैठौँ वार्षिक उत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
विराटनगर–७ स्थित सामाजिक संस्था हाम्रो प्रयासको छैठौँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम २०८२ माघ २१ गते विराटनगरको हाटखोलास्थित गिता मन्दिर परिसरमा आयोजना गरिएको थियो।
कार्यक्रममा बोल्दै हाम्रो प्रयासकी अध्यक्ष सावित्री शर्माले संस्थाले विगतदेखि नै सामाजिक सेवा, सीपमूलक तथा रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। उनले निकट भविष्यमा साबुन र सर्फ बनाउने तालिम सञ्चालन गर्ने, तालिमपश्चात रोजगारी सिर्जना गर्ने र उत्पादित वस्तुको बजार व्यवस्थापनसमेत गरिने जानकारी दिइन्।
सामाजिक उत्तरदायित्व र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण व्यक्तिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै रक्तदानमार्फत जीवन बचाउने महान कार्यमा सहभागी सबै रक्तदाताप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको थियो।

कार्यक्रमको समापन गर्दै हाम्रो प्रयासकी सदस्य गिता पोखरेलले रक्तदाताहरू, स्वयंसेवकहरू तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरिन्।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष तथा हाम्रो प्रयासका सल्लाहकार कुमोद अधिकारीको विशेष उपस्थिति रहेको थियो। पत्रकार भोजराज घिमिरेको , उपस्थिति रहेको थिय।कोषाध्यक्ष: ज्ञानु थापा
उपाध्यक्ष: लिला ढकाल दाहाल
सदस्य: ईशा ढकाल , सबिना पोखरेल खतीवडा , गीता पोखरेल हरु को उपस्थिति रहेको थियो
