एभरेष्ट साइन्स सेन्टर नेपालद्वारा पहिलो राष्ट्रियस्तरको ESCN STEAM कार्यशाला तथा ग्रान्ड साइन्स प्रदर्शनी सम्पन्न विद्यालयस्तरमै विज्ञान, प्रविधि र नवप्रवर्तन संस्कार विकासतर्फ महत्वपूर्ण पहल

Logo
भोजराज घिमिरे शनिबार, माघ १८, २०८२

एभरेष्ट साइन्स सेन्टर नेपालद्वारा पहिलो राष्ट्रियस्तरको ESCN STEAM कार्यशाला तथा ग्रान्ड साइन्स प्रदर्शनी सम्पन्न
विद्यालयस्तरमै विज्ञान, प्रविधि र नवप्रवर्तन संस्कार विकासतर्फ महत्वपूर्ण पहल
विराटनगर।
एभरेष्ट साइन्स सेन्टर नेपाल (Everest Science Centre Nepal–ESCN) को आयोजनामा सम्पन्न “First ESCN STEAM Workshop & Competition 2082” तथा “Grand Science Exhibition 2082” विराटनगरमा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।
माघ १२ देखि १६ गतेसम्म सञ्चालन भएको उक्त पाँचदिने राष्ट्रियस्तरको कार्यक्रमले विद्यालय तहका विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) क्षेत्रमा व्यावहारिक ज्ञान, अनुसन्धानमुखी सोच र नवप्रवर्तनतर्फ अभिप्रेरित गरेको आयोजकले जनाएको छ।
ESCN का अनुसार यो कार्यक्रम केवल प्रतियोगितामा सीमित नभई भविष्यका वैज्ञानिक, इन्जिनियर तथा प्रविधि उद्यमी उत्पादन गर्ने दीर्घकालीन उद्देश्यसहित तयार गरिएको शैक्षिक प्लेटफर्म हो।
सहकार्यमा सम्पन्न राष्ट्रिय STEAM अभियान
कार्यक्रम Beyond Apogee, Neura Innovation र Utthan Robotics Lab को सह–आयोजन तथा सहकार्यमा सम्पन्न भएको हो। निजी क्षेत्र, प्रविधि स्टार्टअप र शैक्षिक संस्थाबीचको सहकार्यले नेपालमा STEAM शिक्षालाई व्यवहारिक, प्रयोगमुखी र प्रविधिमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।
बहुआयामिक प्रतियोगिता र विज्ञान प्रदर्शनी
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूका लागि विभिन्न hands-on गतिविधि, प्रयोगात्मक सिकाइ तथा प्रतिस्पर्धात्मक प्लेटफर्म उपलब्ध गराइएको थियो।
कार्यक्रममा—
रोबो रेस
ब्याटल बोट्स
रोबो सकर
ड्रोन रेस
वाटर रकेट च्यालेन्ज
एग ड्रप च्यालेन्ज
विज्ञान प्रदर्शनी
खगोल विज्ञान (Astronomy Session)
लाइभ साइन्स डेमो
जस्ता ज्ञानमूलक तथा आकर्षक गतिविधिहरू सञ्चालन गरिएका थिए। विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक परियोजना, वैज्ञानिक अवधारणा र प्रविधिमा आधारित नवीन प्रयोगहरू प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए।
Soccer Bot Competition मा सेंट जोसेफ स्कुल प्रथम
STEAM प्रतियोगिताअन्तर्गत सम्पन्न Soccer Bot Competition मा विभिन्न विद्यालयका टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रदर्शन गर्दै सेंट जोसेफ स्कुलको ‘Robo Racer Team’ ले प्रथम स्थान हासिल गरेको छ।
टोलीको रोबोट डिजाइन, प्रोग्रामिङ क्षमता र रणनीतिक खेल प्रदर्शन निर्णायकबाट उच्च मूल्याङ्कन भएको थियो। विजेता टोलीलाई Certificate of Achievement प्रदान गरिएको थियो, जसमा—
Utthan Robotics Lab का CEO विनाम श्रेष्ठ,
Neura Innovation का CEO अञ्जन पराजुली,
Beyond Apogee का CEO सुदीप विक्रम अधिकारी,
ESCN का संस्थापक तथा अध्यक्ष डा. दिलिप अधिकारी
को हस्ताक्षर रहेको थियो।
ESCN Quiz Award ज्ञानोदय BBS समूह ‘बी’ लाई
कार्यक्रमअन्तर्गत सम्पन्न ESCN Quiz Competition मा शैक्षिक ज्ञान, तार्किक क्षमता र टोलीगत समन्वयका आधारमा मूल्याङ्कन गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ज्ञानोदय BBS समूह ‘बी’ ले ESCN Quiz Award प्राप्त गरेको छ।
Beyond Apogee का CEO सुदीप विक्रम अधिकारीका अनुसार टोलीको अनुशासन, समर्पण र सहकार्य कार्यक्रमको सफलताको उदाहरणीय पक्ष बनेको थियो।
विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता
कार्यक्रमका सभाध्यक्ष ESCN का संस्थापक तथा CEO डा. दिलिप अधिकारी रहनुभएको थियो भने प्रमुख अतिथि ESCN की Chairperson श्रीमती तारा अधिकारी रहनुभएको थियो।
उद्घाटन समारोहमा—
Beyond Apogee, Neura Innovation र Utthan Robotics Lab का CEO तथा Founder हरू,
विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि तथा विद्यालय प्रशासन प्रमुखहरू,
नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद् सदस्य भोजराज घिमिरे,
रणभूमि अनलाइनका सम्पादक पवन शाह,
सामाजिक अभियन्ता ओमप्रकाश प्रसाईं,
सञ्चारकर्मी तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको औपचारिक शुभारम्भ नेपाली संस्कारअनुसार दीप प्रज्वलन गरी गरिएको थियो।
अनुसन्धान र नवप्रवर्तन संस्कारतर्फ विद्यार्थी आकर्षित
प्रदर्शनीमा विद्यार्थीहरूले प्रस्तुत गरेका परियोजनाले वैज्ञानिक सोच, समस्या समाधान क्षमता र सिर्जनात्मकता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको शिक्षक तथा अभिभावकहरूको प्रतिक्रिया रहेको छ।
ESCN का अनुसार यस्ता कार्यक्रमले विद्यालयस्तरमै अनुसन्धान, प्रविधिमैत्री शिक्षा र नवप्रवर्तन संस्कार विकास गर्न सघाउँछन्।
कार्यक्रममा देशभरका १६ वटा विद्यालय तथा कलेजका विद्यार्थीहरू सहभागी थिए। आगामी दिनमा यस्ता व्यवहारिक विज्ञान तथा प्रविधिमूलक कार्यक्रमलाई प्रदेश र राष्ट्रिय स्तरमा विस्तार गर्दै अझ धेरै विद्यार्थीलाई समेट्ने योजना रहेको ESCN ले जनाएको छ।
Beyond Apogee का CEO सुदीप विक्रम अधिकारीले संस्थाको उद्देश्य, प्रविधि–आधारित शिक्षाको महत्व र विद्यार्थीलाई विज्ञानलाई नजिकबाट बुझाउने अभियानबारे जानकारी गराउनुभएको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356