बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र पारस हस्पिटलबीच सहकार्य सम्झौता

Logo
भोजराज घिमिरे शुक्रबार, पुष ०४, २०८२

बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र पारस हस्पिटलबीच सहकार्य सम्झौता

विराटनगर।
बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराटनगरस्थित पारस मल्टिस्पेशालिटी हस्पिटलबीच सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। मिति २०८२ पौष ३ गते बिहीबार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित कार्यक्रमबीच दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौता पत्रमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डिनिश कार्की र हस्पिटल कोर्डिनेटर सुनिल देवले हस्ताक्षर गर्नुभयो। त्यस्तै, पारस मल्टिस्पेशालिटी हस्पिटलका तर्फबाट अध्यक्ष डा. सफिउर रहमान, सीईओ हेम नारायण मेहता तथा हस्पिटल म्यानेजर मो. सिफ्तैन रेजा अन्सारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।

सम्झौताअनुसार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलबाट क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार तथा हस्पिटलमा उपलब्ध अन्य सेवाहरूमा दुवै संस्थाबीच सहकार्य गरिनेछ। साथै दुवै संस्थामा कार्यरत चिकित्सक तथा कर्मचारीहरूको सिप विकासका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गरिने उल्लेख गरिएको छ।

त्यसैगरी, पारस मल्टिस्पेशालिटी हस्पिटलका बिरामीहरूले बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ओपीडी सेवा निःशुल्क प्राप्त गर्नेछन् भने अन्य स्वास्थ्य सेवा तथा सुविधाहरूमा विशेष छुटको व्यवस्था गरिएको सम्झौतामा उल्लेख छ।

सम्झौताले दुवै संस्थाबीचको सहकार्यलाई मजबुत बनाउँदै पूर्वाञ्चल क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356