बिनिता कार्कीको दमदार अभिनयले दर्शक मोहित, चलचित्र ‘PR’ देशभर प्रदर्शनमा

Logo
भोजराज घिमिरे शनिबार, मंसिर २८, २०८२

बिनिता कार्कीको दमदार अभिनयले दर्शक मोहित, चलचित्र ‘PR’ देशभर प्रदर्शनमा

समाचारदाता, मंसिर २७ गते

बिनिता कार्की मुख्य भूमिकामा अभिनित नेपाली चलचित्र ‘PR’ हिजोदेखि देशभरका विभिन्न चलचित्र हलहरूमा प्रदर्शनमा आएको छ। केही दिनअघि राजधानी काठमाडौंमा आयोजित भव्य प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका पुराना तथा नयाँ पुस्ताका कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रिमियरमा सहभागी कलाकार तथा दर्शकहरूले बिनिताको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

प्रिमियर शोमा उपस्थित अभिनेत्री रेखा थापा, कलाकार दिपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, गायक टंक बुढाथोकीलगायत चर्चित व्यक्तित्वहरूले चलचित्रमा बिनिताले प्रस्तुत गरेको भावनात्मक र प्रभावशाली अभिनयको तारिफ गरे। उनीहरूले छोटो समयमै राम्रो तयारी, आत्मविश्वास र दमदार अभिनयमार्फत बिनिताले आफूलाई सक्षम कलाकारका रूपमा स्थापित गर्न सफल भएको उल्लेख गरे।

चलचित्रमा बिनिता कार्कीसँगै नयाँ तथा अनुभवी कलाकारहरूको सशक्त उपस्थिति रहेको छ। कलाकारहरूबीचको प्राकृतिक केमेस्ट्रीले कथालाई अझ जीवन्त बनाएको प्रारम्भिक दर्शक प्रतिक्रियामा उल्लेख गरिएको छ।

प्रिमियर शोमा सहभागी दर्शकहरूले चलचित्रको कथा, अभिनय, छायांकन र सम्पादन सबै पक्षको सकारात्मक मूल्यांकन गरेका छन्। विशेषगरी बिनिताले प्रस्तुत गरेको भावनात्मक गहिराइ, चरित्रप्रतिको समर्पण र पर्दामाथिको उपस्थितिले चलचित्र ‘PR’ को प्रभावलाई थप मजबुत बनाएको उनीहरूको भनाइ छ।

चलचित्र प्रदर्शनको पहिलो दिनमै हलहरूमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ। यसअघि सार्वजनिक ट्रेलर र गीतहरूले सिर्जना गरेको चर्चा तथा बिनिता कार्कीप्रतिको दर्शक आकर्षणले चलचित्रप्रति चासो थप बढाएको देखिन्छ।

हिजोदेखि प्रदर्शनमा आएको चलचित्र ‘PR’ ले बक्स अफिसमा कस्तो सफलता हासिल गर्छ भन्ने विषयमा अहिले सबैको ध्यान केन्द्रित भएको छ।

कलाकार: बिनिता कार्की
निर्देशन: शोभित बस्नेत
निर्माता: लक्ष्मण सापकोटा

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356