अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको आम्दानी–खर्च सार्वजनिक

Logo
भोजराज घिमिरे आइतबार, मंसिर २२, २०८२

अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको आम्दानी–खर्च सार्वजनिक

पथरी शनिश्चरे, मङ्सिर २१
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ। पथरी शनिश्चरे वडा नं. १ स्थित शिखरचोकमा रहेको पथरी–११ फुटबल क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आर्थिक विवरण प्रस्तुत गरेको हो।

क्लबले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रतियोगिताबाट कुल ४५ लाख ४० हजार १५० रुपैयाँ आम्दानी, ४२ लाख ३६ हजार २०० रुपैयाँ खर्च भएको र क्लबको खातामा ३ लाख ३ हजार ९५० रुपैयाँ बचत रहेको बताइएको छ।

गत कात्तिक १५ गतेदेखि २२ गतेसम्म सफलतापूर्वक सम्पन्न उक्त खुल्ला नकआउट फुटबल प्रतियोगितालाई सभ्य र भव्य बनाउने उद्देश्यले स्थानीय तह, मुख्य प्रायोजक, विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले महत्वपूर्ण सहयोग गरेको क्लबले जनाएको छ।

आयोजक पथरी–११ फुटबल क्लबले पथरी शनिश्चरे नगरपालिका, नगर खेलकुद समिति, मुख्य प्रायोजक इन्ट्रा फाउन्डेसन अमेरिका, सांग्रिला युथ फुटबल क्लब अमेरिका, K.I.E.C. इटहरी, फस्ट लिङ्क, सिद्धार्थ बैंक, ब्रिटिस आर्मी, सञ्चारकर्मी, दर्शक तथा उपसमिति सदस्यहरूलाई हार्दिक आभार व्यक्त गरेको छ।

कार्यक्रममा क्लबका अध्यक्ष सुमन बिकले गोल्डकपले युवा पुस्तालाई सही दिशामा उन्मुख गराउन सहयोग पुगेको बताउँदै club आगामी दिनमा पनि सामाजिक, आर्थिक तथा पूर्वाधार विकासका कार्यक्रम ल्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा प्रतियोगिताको सफलतामा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न सञ्चारकर्मीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
सम्मेलनमा इन्ट्रा फाउन्डेसन अफ अमेरिकाका नेपाल प्रतिनिधि राम बानिया प्रमुख अतिथि रहनुभएको थियो भने क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356