पशुपतिनाथ मन्दिरभित्र दैनिक हुने सन्ध्या आरतीलाई डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने विषयमा ६ महिना अगाडि भएको सम्झौता अहिले चर्चामा आएको छ । बुढासुब्बा डिजिटलले गत जेठमा नै टेन्डर प्रक्रियाबाट सन्ध्या आरतीको प्रत्यक्ष प्रशारण अधिकार हासिल गरेको थियो ।
सम्झौतापश्चात पशुपति मन्दिर परिसरमा राखिएको एउटा सूचना बोर्डको तस्बिर सामाजिक सञ्जालमा कसैले पोस्ट गरेपछि हिजो एकाएक भाइरल भएको हो ।
सूचना बोर्डमा ‘पशुपतिनाथ आर्यघाट क्षेत्रको नदी किनारामा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न मनाही गरिएको छ । यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्यूवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तरगत कारवाही हुने जानकारी गराउँछौं’, सूचनामा भनिएको छ ।
सूचनाको मुनि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटलका लोगोसहित ‘पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्बा डिजिटल प्रालि’ लेखिएको छ ।
धेरैले यसलाई आपत्तिजनक मानिरहेका छन् । पशुपतिजस्तो धार्मिक स्थलको व्यापारीकरण गरिएको भन्दै आलोचना भएपछि कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले आज ‘अत्यन्त जरुरी सूचना’ निकालेर टक्टकिन खोजेकी छन्