सलहेस फुटबल क्लब सिरहालाई दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को उपाधि

Logo
भोजराज घिमिरे आइतबार, कार्तिक २४, २०८२

सलहेस फुटबल क्लब सिरहालाई दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को उपाधि

पथरी शनिश्चरे, मोरङ, कार्तिक २३ । सिरहाको सलहेस फुटबल क्लबले दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को उपाधि हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सलहेसले आयोजक पथरी–११ फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो।

निर्धारित समयको १८औं मिनेटमा आयोजक पथरी–११ का धिरेन क्षेत्रीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर खेलको ५७औं मिनेटमा सलहेसका जय गुरुङले पेनाल्टी सुटमै बराबरी गोल फर्काए। त्यसपछि ६८औं मिनेटमा समीर तामाङले अर्को गोल गर्दै सलहेसलाई २–१ को निर्णायक जित दिलाए।

सलहेसका जय गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगिताका अन्य उत्कृष्टहरूमा युकेश तामाङ ‘सर्वोत्कृष्ट खेलाडी’, समीर क्षेत्री ‘उदयमान खेलाडी’ र विल्सन रिचार्ड ‘सर्वाधिक गोलकर्ता’ घोषित भए।

विजेता सलहेस फुटबल क्लबले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता पथरी–११ फुटबल क्लबले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ।

कार्यक्रमको उद्घाटन मोरङ क्षेत्र नं. ३ का पूर्व सांसद डा. सुनिल शर्माले पानसमा बत्ती बालेर र बेलुन उडाएर गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै शर्माले पछिल्ला वर्षहरूमा नेपाली खेल क्षेत्रको निरन्तर प्रगति उल्लेख गर्दै पथरी शनिश्चरेमा स्थानीय खेल विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

उद्घाटनअघि विभिन्न जातजाति र समुदायका समूहहरूले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। मध्यान्तरमा ‘भ्वाइस अफ किड्स’का फाइनलिस्ट निश्चल लिम्बुले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत प्रस्तुत गरी दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356