इटहरीका तीन लायन्स क्लबका नयाँ पदाधिकारीको संयुक्त पदस्थापन सम्पन्न

Logo
भोजराज घिमिरे शुक्रबार, कार्तिक २२, २०८२

इटहरीका तीन लायन्स क्लबका नयाँ पदाधिकारीको संयुक्त पदस्थापन सम्पन्न

इटहरी । लायन्स क्लब अफ इटहरी ग्रिन सिटी, लायन्स क्लब अफ तरहरा इटहरी, लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनल र लियो क्लब अफ इटहरी ग्रिन सिटीका नयाँ पदाधिकारीहरूको संयुक्त पदस्थापन तथा शपथग्रहण समारोह विहिबार इटहरीमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट गभर्नर बबरजंग थापाले चारै क्लबका नयाँ नेतृत्वलाई पदस्थापन गर्दै लायन्सका मूल्य, मान्यता र सेवा भावलाई आत्मसात गर्दै समाजको सेवामा समर्पित हुन निर्देशन दिएका थिए। उनले लायन्स क्लबहरू समाजमा उदाहरणीय सेवा संस्था भएको उल्लेख गर्दै प्रत्येक सदस्यले आफ्नो आचरण र कार्यमार्फत सकारात्मक सन्देश फैलाउनुपर्नेमा जोड दिए।

आर्थिक वर्ष २०२५/२६ का लागि लायन्स क्लब अफ इटहरी ग्रिन सिटीको अध्यक्षमा सान्ता कोइराला थापा, लायन्स क्लब अफ तरहरा इटहरीको अध्यक्षमा पवन अधिकारी, लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनलको अध्यक्षमा किरण अधिकारी र लियो क्लब अफ इटहरी ग्रिन सिटीको अध्यक्षमा रिया गेलाल चयन भएका छन्।

कार्यक्रममा पूर्व अध्यक्षहरू, विभिन्न लायन्स क्लबका पदाधिकारी, सामाजिक अभियन्ता तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा नयाँ पदाधिकारीहरूले संयुक्त रूपमा सामुदायिक सेवा, स्वास्थ्य, शिक्षा र वातावरणीय अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356