श्री राधाकृष्ण मन्दिर बुढीगंगा–१ (टंकीसिनवारी)को रजत जयन्ती तथा नवौं साधारणसभा सम्पन्न– नयाँ कार्य समिति चयन

Logo
भोजराज घिमिरे सोमबार, कार्तिक १८, २०८२

श्री राधाकृष्ण मन्दिर बुढीगंगा–१ (टंकीसिनवारी)को रजत जयन्ती तथा नवौं साधारणसभा सम्पन्न

बुढीगंगा, मोरङ ।
श्री राधाकृष्ण मन्दिर बुढीगंगा–१, टंकीसिनवारीको रजत जयन्ती–२०८२ तथा नवौं साधारणसभा संस्थापक अध्यक्ष श्री माधव प्रसाद कोइरालाको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा गाउँपा‏लिकाका अध्यक्ष श्री जीत नारायण थापा मगर रहनु भएको थियो।

 शुभकामना मन्तव्य

कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष श्री सुबोध कोइराला, प्रा. कविराज न्यौपाने, प्रमुख सल्लाहकार तथा समाजसेवी श्री नेत्र प्रसाद कोइराला, सल्लाहकार श्री राम प्रसाद कोइराला, र सप्ताह महापुराणका संयोजक श्री नवराज कोइरालालगायतका अतिथिहरूले मन्दिरको ऐतिहासिक यात्रा र धार्मिक महत्वबारे शुभकामना मन्तव्य व्यक्त गरे।


प्रतिवेदन प्रस्तुति

बन्द सत्रमा महासचिव सेवन्त कोइरालाले महासचिवको प्रतिवेदन, र कोषाध्यक्ष श्री केशव प्रसाद कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
त्यस अवसरमा समाजसेवी सताब्दी पुरुष श्री पदमलाल कोइरालाश्री गणेश प्रसाद काफ्लेले आशीर्वाद प्रदान गर्नुभयो।

नयाँ कार्य समिति चयन

कार्यक्रमले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छः

  • अध्यक्षः केशव प्रसाद कोइराला
    नि. अध्यक्षः माधव प्रसाद कोइराला
    उपाध्यक्षहरूः राधा देवी कोइराला, इश्वर प्रसाद कोइराला
    महासचिवः नेत्र पराजुली
    सचिवः जगन्नाथ भण्डारी (केशव)
    कोषाध्यक्षः ढुण्डीराज कोइराला
    सह–कोषाध्यक्षः सुनिता दाहाल कोइराला
    सदस्यहरूः सिताराम फुयाल, कंचन न्यौपाने, गोविन्द कोइराला, संजिव शर्मा घिमिरे, विनोद भुजेल, सुधा काफ्ले, सुजु प्याकुरेल कोइराला, कल्पना नेपाल कोइराला     मन्दिरको विकास र योगदान

मन्दिर निर्माणका लागि करिब २ कठ्ठा जग्गा स्वर्गीय डि. कुल प्रसाद कोइरालाले समर्पण गर्नुभएको थियो।
हाल सो मन्दिर परिसरमा सभा हल, विवाह मण्डप तथा करिब १० कोठा रहेको पाहुना घर समेत निर्माण गरिएको छ।
स्थानीय बासिन्दा तथा अतिथिहरूले राधाकृष्ण मन्दिर टंकीसिनवारी क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानको प्रतीक बनेको धारणा राखे।

सप्ताह महापुराण र आर्थिक सहयोग

गत वर्ष २०८१ साल फागुन महिनामा आयोजना गरिएको सप्ताह महापुराणमार्फत विभिन्न धर्मावलम्बी र उद्योगी वर्गबाट करीब १ करोड रुपैयाँ संकलन गरिएको महापुराण समितिका प्रचार–प्रसार संयोजक श्री सुबोध कोइरालाले जानकारी दिनुभयो।

गाउँपालिकाको प्रतिबद्धता

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री जीत नारायण थापा मगरले मन्दिरलाई स्थानीय सम्पदाको रूपमा संरक्षण गर्न पालिकाबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै, हालका लागि सबै पाहुना घरमा AC जडान गरिदिने घोषणा समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356