 
  सञ्चारकर्मी सञ्चार सहकारीको १४औं साधारणसभा सम्पन्न
उत्कृष्ट विद्यार्थीदेखि अग्रज सदस्यसम्म सम्मानित
विराटनगर। काेशी प्रदेशका पत्रकारहरूले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा विराटनगरमा सम्पन्न भएको छ।
साधारणसभाको अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यावारिधि प्राप्त सदस्य, असल ऋणी, उत्कृष्ट बचतकर्ता र अग्रज शेयर सदस्यसहित दश जना व्यक्तिहरूलाई सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले सहकारीका शेयर सदस्यका सन्तानहरू मध्ये एसईई र सीटीईभीटीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार र सम्मानपत्रसहित सम्मान गरे।
एसईईतर्फ छात्र श्रेय शर्मा (GPA 4.00) र छात्रा मेघा श्रेष्ठ (GPA 3.96), कक्षा १२ तथा सीटीईभीटी तीनवर्षे तहतर्फ छात्र हृषव पोखरेल (GPA 3.53) र छात्रा मृदुला विष्ट (GPA 3.76) लाई सम्मान गरिएको हो।
त्यसैगरी, विद्यावारिधि (PhD) हासिल गर्ने शेयर सदस्यद्वय डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाल, अग्रज शेयर सदस्य केशवबहादुर कार्की, असल ऋणी अनिल श्रेष्ठ, र उत्कृष्ट बचतकर्ताका रूपमा कुलानन्द गच्छदार तथा कविता घिमिरेलाई सम्मान गरिएको छ।
सहकारीका अध्यक्ष दिपक दाहालले प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड १३ लाख ८८ हजार रुपैयाँको कारोबार गरेको र सोही अवधिमा १३ लाख ६६ हजार ९८९ रुपैयाँ आम्दानीसहित ५ लाख ८ हजार ९६४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए
मोरङ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले सम्मानित विद्यार्थीहरूलाई कदरपत्र र दोसल्ला ओढाउँदै सम्मान
 
 
