लर्ड बुद्ध साकोसको २३औं चुनावी वार्षिक साधारण सभा सम्पन्न

Logo
भोजराज घिमिरे सोमबार, कार्तिक ०४, २०८२

 

लर्ड बुद्ध साकोसको २३औं चुनावी वार्षिक साधारण सभा सम्पन्न पथरी शनिश्चरे समाचारदाता, कार्तिक १ गते

मोरङको पथरी शनिश्चरे–२ मा अवस्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक तथा चुनावी साधारण सभा शनिबार सम्पन्न भएको छ।

पथरी शनिश्चरे वडा नं. १ स्थित नर्वदेश्वर शिवालयको सभा हलमा आयोजित उक्त सभामा प्रमुख अतिथिको रूपमा वडा नं. २ का वडाध्यक्ष नैना साम्पाङ राई उपस्थित हुनुहुन्थ्यो भने सभाको अध्यक्षता संस्थाका अध्यक्ष **धनराज राई ‘अमीर’**ले गर्नुभएको थियो।

कार्यक्रममा कोषाध्यक्ष द्रोणबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको कुल आम्दानी रु. २ करोड ७४ लाख ९२ हजार ३ सय ६४ पुगेको बताउनुभयो। साथै, ऋण सुरक्षण कोषमा रु. ५१ लाख व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।

त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिका संयोजक चन्द्रप्रसाद खनालले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो। आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको शेयर पूँजी रु. २ करोड ७६ लाख २ हजार ५ सय पुगेको जनाइएको छ।

सचिव महेन्द्र ढुंगानाले वार्षिक कार्य प्रगति प्रतिवेदनसहित आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ३८ करोड बराबरको प्रस्तावित कार्य योजना प्रस्तुत गर्नुभएको थियो।

हालसम्म संस्थामा ३,६२४ जना साधारण सदस्य रहेका छन्। सहकारीले बचत संकलन, ऋण लगानी, मनी ट्रान्सफर सेवा, सुत्केरी भेटघाट, रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता लगायतका विभिन्न सामाजिक र आर्थिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष नैना साम्पाङ राईले नेपाल सरकारले ल्याएको नयाँ सहकारी नियमावली र पथरी शनिश्चरे नगरपालिकाको सहकारी विधान समिति संयोजकको नाताले नगरभित्रका सहकारीहरूलाई नियमन गर्न आवश्यक ऐन तथा नियम निर्माण गरिएको बताउनुभयो।

सभामा ज्येष्ठ सदस्य जन्मोत्सव तथा पेन्सन भत्ता वितरणका साथै उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीहरूलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा सानो किसान कृषि सहकारी संस्थाकी अध्यक्ष बिन्दा देवी राई ‘विन्दु’, प्रतिमान राई, प्रमुख सल्लाहकारद्वय दिलबहादुर तामाङहर्क राई, पूर्व वडाध्यक्ष कपिलमणी ढकाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

त्यसै सभाबाट आगामी ४ वर्षका लागि नयाँ संचालक समिति चयन गरिएको छ। जसअनुसार अध्यक्षमा द्रोणबहादुर खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ। पद तथा गोपनीयताको शपथग्रहणपछि उहाँले संस्थाको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवगठित समिति:

  • उपाध्यक्ष: कुमारी शाही
  • सचिव: प्रतिमान राई
  • सहसचिव: बालकुमारी तामाङ
  • कोषाध्यक्ष: योगेन्द्र भण्डारी
  • सदस्यहरू: कृष्णप्रसाद निरौला, भीमप्रसाद भेटवाल, पवित्रा चौलागाईं, रिना राई

त्यसैगरी लेखा समितिको सुपरिवेक्षक संयोजकमा भोजराज चौहान र सदस्यहरूमा रविनकुमार राई तथा मिना तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356