रोटरी क्लब अफ विराटनगरद्वारा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीलाई पुनर्निर्मित भवन हस्तान्तरण

Logo
भोजराज घिमिरे बिहिबार, आश्विन ३०, २०८२

रोटरी कल्ब अफ विराटनगरद्वारा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीलाई पुनर्निर्मित भवन हस्तान्तरण

विराटनगर, असोज ३० – आज मिति २०८२ साल असोज रोटरी३० गते, विहीबार, सामुदायिक प्रहरी सेवा केन्द्र विराटनगर–२, तिनपैनीमा आयोजित एक विशेष कार्यक्रममा उक्त केन्द्रको पुनर्निर्मित भवन रोटरी क्लब अफ विराटनगरद्वारा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

गत २०८२ साल भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनीबाट पूर्णरूपमा ध्वस्त भएको उक्त भवन रोटरी क्लब अफ विराटनगरले सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः निर्माण गरी सामुदायिक प्रहरी सेवा केन्द्रलाई प्रदान गरेको हो।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष श्रीमती मीना जोशीको अध्यक्षता तथा मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्री कवित कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा रोटरी क्लब अफ विराटनगरका अध्यक्ष श्री ठाकुर प्रसाद आचार्य, पूर्व अध्यक्ष एवं समाजसेवी श्री मनोज विक्रम शाह, मोरङ उद्योग संगठनका उपाध्यक्ष श्री सुरेन्द्र गोल्छा, समाजसेवी बेनि गोपाल मुन्दडा, चन्द्रमान रिजाल, सचिव सरिता अग्रवाल, अमिष रेग्मी, प्रेम पारख, सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव भोजराज घिमिरे, कोषाध्यक्ष सन्तोष वाहेती, सदस्यहरू हिरा थापा मगर, पद्मा पौडेल, मन्दिरा बिष्ट तथा विराटनगर महानगरपालिका–२ का वडा सदस्य सेर सिंह दुगड, कानुनी सल्लाहकार अधिवक्ता सुनिल कुमार कर्ण पदेन सदस्य बरिस्ठ हल्दार तारा अधिकारी सह – हल्दार कल्पना कटेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि प्रहरी उपरीक्षक श्री कवित कटुवालले सामुदायिक प्रहरीको भूमिका नागरिक चेतना अभिवृद्धि तथा सार्वजनिक–प्रहरी सहकार्यको लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, रोटरी क्लब अफ विराटनगरप्रति भवन पुनर्निर्माणमा देखाएको सक्रियता र योगदानका लागि आभार व्यक्त गरे।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष श्रीमती मीना जोशीले सबै सहयोगी पक्षप्रति आभार प्रकट गर्दै, यो भवन अब नागरिक सुरक्षाका गतिविधिहरूमा थप प्रभावकारी रूपमा प्रयोग गरिने विश्वास व्यक्त गरिन्।

रोटरी क्लब अफ विराटनगरका अध्यक्ष श्री ठाकुर प्रसाद आचार्य र पूर्व अध्यक्ष श्री मनोज विक्रम शाहले सामाजिक दायित्वबोध अन्तर्गत यस्तो कार्य गर्न पाउनु क्लबको लागि गौरवको विषय रहेको बताए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356