हार्दिक स्वागत एवं सफल कार्यकालको शुभकामना

Logo
भोजराज घिमिरे शनिबार, आश्विन ११, २०८२

हार्दिक स्वागत एवं सफल कार्यकालको शुभकामना

सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीले जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी उपरीक्षक कवित कटुवाललाई सफल कार्यकालको शुभकामना सहित स्वागत गरेको छ। स्वागत कार्यक्रममा भदौ २४ गते जेन-जि आन्दोलनका क्रममा सामुदायिकमा भएको क्षतिको निरीक्षण गराई आवश्यक जानकारी समेत गराइयो।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार उद्योगी तथा समाजसेवी चम्पालाल राठी, यादव पोखरेल, उपाध्यक्ष विद्यानन्द माझी, सचिव भोजराज घिमिरे, कोषाध्यक्ष सन्तोष बाहेती, सदस्य सेरसिंह दुगड, सुशील मुद्रा, विजय शर्मा तथा कार्यसमिति अध्यक्ष मिना जोशीसहित अन्य पदाधिकारीहरूको उपस्थिति थियो।

सो अवसरमा जेन-जि आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण प्रस्तुत गरिएको थियो। साथै भवन निर्माणसम्बन्धी तयारी र भावी योजनाबारे छलफल पनि गरिएको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356