जेनजी प्रदर्शनमा घाइतेलाई विराट मेडिकलले नि:शुल्क उपचार गर्ने

Logo
भोजराज घिमिरे सोमबार, भाद्र २३, २०८२

जेनजी प्रदर्शनमा घाइतेलाई विराट मेडिकलले नि:शुल्क उपचार गर्ने

जेनजी प्रदर्शनमा घाइतेलाई विराट मेडिकलले नि:शुल्क उपचार गर्ने

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजी प्रदर्शनका क्रममा घाइते भएका सबैलाई नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ।

सोमबार हस्पिटलले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालका विभिन्न स्थानमा भएका आन्दोलनका घटनामा घाइते भएकाको उपचार सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्ण रूपमा निःशुल्क गर्ने उल्लेख गरिएको छ।

हस्पिटलले एम्बुलेन्स सेवा थप प्रभावकारी बनाइ विभिन्न स्थानमा सहजै उपलब्ध गराउने तयारी गरेको जनाएको छ। आपतकालीन चिकित्सा प्रतिनिधि (ERT) टोली तथा आघात उपचार सुविधासहितका स्रोतहरूमार्फत आकस्मिक अवस्थाको सामना गर्न हस्पिटल पूर्ण रूपमा तयार रहेको जनाएको छ।

त्यस्तै, आपतकालीन अवस्थामा सम्पर्क गर्न ९७६१००२५३७, ९७६१००२५३२, ०२१-४२२६०१, ०२१-४२३१८२ नम्बर उपलब्ध गराइएको छ।

विराट मेडिकलमा अत्याधुनिक इमर्जेन्सी विभागमार्फत १०० भन्दा बढी बेडसहित २४ सैँ घण्टा आकस्मिक सेवा सञ्चालनमा रहेको छ।

प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेको उपचारमा जुट्न आह्वान गरिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356