विराटनगरमा मेगा रक्तदान अभियान, प्रमुख जिल्ला अधिकारीको समर्थन र शुभकामना

Logo
भोजराज घिमिरे मंगलबार, भाद्र १७, २०८२

विराटनगरमा मेगा रक्तदान अभियान, प्रमुख जिल्ला अधिकारीको समर्थन र शुभकामना

विराटनगर, ।
तेरापन्थ युवक परिषद् विराटनगरद्वारा आगामी सेप्टेम्बर १७ (अशोज १) गते आयोजना गरिन लागेको मेगा ब्लड डोनेशन ड्राइभ (MBDD) लाई जिल्ला प्रशासन कार्यलय  मोरङ का प्रमुख जिल्ला अधिकारी श्रीमान इन्द्रदेव यादवले समर्थन मात्र नभई शुभकामना समेत प्रकट गर्नुभएको छ।

उहाँले रक्तदान मानव जीवनको अमूल्य योगदान रहेको भन्दै युवाहरूमाझ यसप्रकारका अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। साथै, परिषद्ले अघि बढाएको यो पुनीत कार्यले समाजमा जागरण ल्याउनुका साथै हजारौँलाई नयाँ जीवन दिने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

तेरापन्थ युवक परिषद्ले यस वर्ष १३ वटा रक्तदान शिविरमार्फत १,००० पिन्ट रक्त संकलन गर्ने लक्ष्य लिएको छ।

सो अवसरमा परिषद्का अध्यक्ष अरिहन्त बैद, संयोजक तथा उपाध्यक्ष अमित धाडेवा, महासचिव समित सुराना, पूर्व अध्यक्ष तथा सल्लाहकार पंकज लुनिया लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356