त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

Logo
Red FM शुक्रबार, पुष २०, २०८०
त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ ।

आज एक सूचना जारी गर्दै नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनामा योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दस दिनभित्र दरखास्त पेस गर्न भनिएको छ ।

सिंहदरबारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356