

कालिगण्डकी गाउँपालिका अन्तर्गत गर्गरे र मुल्क क्षेत्रमा आज बिहान आएको ठूलो पहिरोले कालिगण्डकी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गङ्गा बहादुर सारूका अनुसार अवरोधको जानकारी प्राप्त भएपछि पुर्थिघाट प्रहरी चौकीबाट सुरक्षा टोली तुरुन्तै खटाइएको छ।
ठूलो चट्टानसहितको पहिरोका कारण दुबैतर्फको सवारी आवागमन ठप्प भएको छ। अहिले माटो र ढुंगाको अवशेष हटाउन तथा सडक खुलाउन उद्दार टोली खटिएको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले यात्रुहरूलाई सुरक्षित रहन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।