उदयपुरको अँधेरीमा सडक दुर्घटना, एक जनाको मृत्यु |

Logo
Red FM बिहिबार, साउन १६, २०८२

उदयपुरगढी गाउँपालिका–७ को अँधेरीमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेपछि चालक जिवन विश्वकर्मा (३५), त्रियुगा नगरपालिका–४ बगाहाका बासिन्दाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356