सिन्धुलीबाट बेपत्ता भएकी उर्मिला हायु पोखरामा फेला, परिवारसहित आफन्तको जिम्मा|

Logo
Red FM मंगलबार, साउन १४, २०८२

गोलञ्जोर गाउँपालिका-६, चेट्पाबाट बेपत्ता भएकी उर्मिला हायु पोखरा महानगरपालिका-३०, गगनगौडामा फेला परेकी छन्। उनी आफ्ना परिवारका सदस्यहरूसहित सोमबार साँझ पोखरा-३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको प्रहरीले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लाम्सालका अनुसार उर्मिलालाई उनका भिनाजु धनबहादुर तामाङको जिम्मा लगाइएको हो। उनीहरूसँगै उर्मिलाको परिवार पनि आफन्तलाई बुझाइएको छ।

हस्तान्तरण कार्य पोखरा-३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रहरीका अनुसार, धनबहादुर तामाङ बेपत्ता भएकी कमला हायुका श्रीमान् हुन्। परिवारका सदस्यहरू पटक–पटक बिरामी पर्ने भएपछि स्थानिय झाँक्रीको सल्लाहमा चेट्पा छाडेर अन्यत्र गएका थिए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356