जापानका चार सहरमा ‘नेपाल म्युजिक फेस्ट २०२५’, स्वर, द एज र कोबवेबको धमाकेदार प्रस्तुति |

Logo
Red FM मंगलबार, साउन १४, २०८२

पाली संगीत अब अन्तर्राष्ट्रिय मञ्चमा गुन्जिने भएको छ। नेपाल म्युजिक फेस्ट २०२५ जापानका चार ठूला सहरहरू टोकियो, ओसाका, फुकुओका र नागोयामा आगामी अगस्टमा आयोजना हुने भएको हो।

फेस्टिभलको सुरुवात अगस्ट ३ मा टोकियोबाट हुनेछ भने त्यसपछिका दिनहरूमा अन्य सहरहरूमा निरन्तर कार्यक्रम सञ्चालन हुनेछ।

आयोजकका अनुसार, नेपाली संगीतलाई विश्वसँग जोड्ने र नेपाली कला-संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले यो म्युजिक फेस्ट आयोजना गरिएको हो।

कार्यक्रममा नेपाली संगीतका तीन चर्चित ब्यान्ड स्वर, द एज र कोबवेबले विशेष प्रस्तुति दिनेछन्।

स्वर ब्यान्डले पारम्परिक नेपाली धुनलाई आधुनिक शैलीसँग मिश्रण गर्दै तयार पारेका लोकप्रिय गीतहरू ‘अपरिभाषित’, ‘बादल सारी’ र ‘म मरे पनि’ प्रस्तुत गर्नेछ।

२५ औं वार्षिकोत्सवको अवसरमा द एज ब्यान्डले पनि आफ्ना सामाजिक सन्देशमूलक तथा भावनात्मक गीतहरू मार्फत युवाहरूलाई जोड्ने अपेक्षा गरिएको छ।

त्यस्तै, नेपाली रक संगीतमा क्रान्तिकारी परिवर्तन ल्याएको मानिने कोबवेबको प्रस्तुति फेस्टको मुख्य आकर्षण बन्ने आयोजकले जनाएका छन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356