लेडिज सर्कल ५ ले सिद्धकाली विद्यालयमा २ कक्षा कोठा, जुत्ता र खाजा हस्तान्तरण

Logo
भोजराज घिमिरे बिहिबार, साउन ०२, २०८२

भोजराज घिमिरे  — विराटनगर, साउन १ गते।सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटनगर लेडिज सर्कल ५ (BRTLC 5) ले श्री सिद्धकाली आधारभूत विद्यालयमा  “विद्यालयका जीर्ण २ वटा कक्षा कोठाहरू पुनःनिर्माण गरी आज औपचारिक  रूपमा हस्तान्तरण गरेको छ। साथै विद्यार्थीहरूलाई जुत्ता र पौष्टिक खाजाको वितरणसमेत गरिएको उक्त कार्यक्रम MEGA PROJECT अन्तर्गत साउन १ गते (१७ जुलाई २०२५) विद्यालय परिसरमै सम्पन्न भएको हो।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्रकुमार थापालाई कक्षा कोठा हस्तान्तरण गरियो। विद्यार्थीहरूलाई अध्ययनमा अझ प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ खाजा तथा जुत्ता वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका मुख्य अतिथि BRTLC 5 की चार्टर प्रेसिडेन्ट डा. कोपिला अग्रवाल रहनुभएको थियो।
विशिष्ट अतिथि लेडिज सर्कल नेपालकी राष्ट्रिय सचिव Cr. सोनिया गर्ग र राष्ट्रिय कोषाध्यक्ष Cr. दिव्या गोयनका रहनुभएको थियो।
अन्य विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, प्रधानाध्यापक राजेन्द्रकुमार थापा तथा वडा नं. ५ की सदस्य अन्जु दाहालको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व BRTLC 5 की अध्यक्षCr . निलम कुन्डलियाले गर्नुभएको थियो।
धन्यवाद ज्ञापन संस्था की सचिव बिनिता धडेवालले गर्दै सबै अतिथि, विद्यालय परिवार तथा सरोकारवालाप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रमको सञ्चालन Cr. सुनिता अग्रवालले गर्नुभएको थियो।

स्थानीय स्तरमै बालबालिकाको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमहरूले समाजमा उदाहरणीय प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ

शिद्धकाली विद्यालयमा  २ कक्षा कोठा, जुत्ता र खाजा हस्तान्तरण । सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटनगर लेडिज सर्कल ५ (BRTLC 5) ले श्री सिद्धकाली आधारभूत विद्यालयमा २ कक्षा कोठा निर्माण गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ। साथै विद्यार्थीहरूलाई जुत्ता र पौष्टिक खाजाको वितरणसमेत गरिएको उक्त कार्यक्रम MEGA PROJECT अन्तर्गत साउन १ गते (१७ जुलाई २०२५) विद्यालय परिसरमै सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्रकुमार थापालाई २ कक्षा कोठा हस्तान्तरण गरियो। विद्यार्थीहरूलाई अध्ययनमा अझ प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ खाजा तथा जुत्ता वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका मुख्य अतिथि BRTLC 5 की चार्टर प्रेसिडेन्ट डा. कोपिला अग्रवाल रहनुभएको थियो।
विशिष्ट अतिथि लेडिज सर्कल नेपालकी राष्ट्रिय सचिव क्र. सोनिया गर्ग र राष्ट्रिय कोषाध्यक्ष Cr दिव्या गोयनका रहनुभएको थियो।
अन्य विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, प्रधानाध्यापक राजेन्द्रकुमार थापा तथा वडा नं. ५ की सदस्य अन्जु दाहालको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व BRTLC 5 की अध्यक्ष Cr. निलम कुन्डलियाले गर्नुभएको थियो।
धन्यवाद ज्ञापन संस्था की सचिव बिनिता धडेवालले गर्दै सबै अतिथि, विद्यालय परिवार तथा सरोकारवालाप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रमको सञ्चालन Cr. सुनिता अग्रवालले गर्नुभएको थियो।

स्थानीय स्तरमै बालबालिकाको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमहरूले समाजमा उदाहरणीय प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356