विशेष व्यायाम मेसिन र व्यावसायिक प्रशिक्षकसहित विराटनगरमा ‘Divine Gym’ सञ्चालनमा

Logo
भोजराज घिमिरे शनिबार, आषाढ २८, २०८२

विशेष व्यायाम मेसिन र व्यावसायिक प्रशिक्षकसहित विराटनगरमा ‘Divine Gym’ सञ्चालनमा
विराटनगर, असार ।

विराटनगर–७ स्थित धाडेवा गली, रंगेली रोड नजिकै Divine Gym को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। स्वास्थ्य र फिटनेसप्रेमीहरूका लागि लक्षित गरी सञ्चालनमा ल्याइएको यो जिम विराटनगरमा पहिलो पटक विशेष आधुनिक मेसिन तथा व्यावसायिक प्रशिक्षकहरूको सुविधासहित स्थापना गरिएको हो।

‘Fitness Journey Starts Here’ भन्ने नारासहित सुरु गरिएको Divine Gym मा योग, जुम्बा, एरोबिक्स, पर्सनल ट्रेनिङदेखि लिएर लिफ्टिङ तथा वेट ट्रेनिङसम्मका सम्पूर्ण सेवाहरू उपलब्ध छन्। उद्घाटन अवसरमा बोल्दै संचालकले भने, “फिटनेसप्रति जनचासो बढ्दै गइरहेको वर्तमान परिवेशमा Divine Gym स्वास्थ्य र शारीरिक तन्दुरुस्तीका लागि उत्कृष्ट गन्तव्य बन्नेछ।”

Divine Gym ले स्वास्थ्यप्रेमीहरूलाई एकै ठाउँमा विविध फिटनेस सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको छ। उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिनिधिहरू, युवा, महिला तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356