भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैं आइपुगे

Logo
Red FM बिहिबार, पुष १९, २०८०
विदेशमन्त्री जयशंकर

भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि आज काठमाडाैं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका लागि परराष्ट्रमन्त्री  साउदको निमन्त्रणामा उनी काठमाडौं आएका हुन् ।  भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो ।

उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ ।

उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बिहान ११ बजे शीतलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुने तालिका छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356