भोटेकोसी-२ मा ठूलो पहिरो: तातोपानी नाका जोड्ने अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध |

Logo
Red FM बिहिबार, आषाढ २६, २०८२

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ मा बुधबार बिहान गएको ठूलो पहिरोले नेपाल–चीन सीमा जोड्ने महत्वपूर्ण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे–कोदारी खण्डमा पहिरो खस्दा सडकका केही भाग बगाएर लगिएको छ।

माथिबाट खसेको मलबाहेक तलबाट भोटेकोसी नदीको कटानले सडकको संरचना पूर्ण रूपमा ध्वस्त बनाएको छ।

तातोपानी नाकाबाट राजधानीतर्फ आउँदै गरेका कार्गो कन्टेनरहरू भन्सार यार्डमै रोकिएका छन्। यात्रुबाहक बस, निजी सवारीसाधन तथा एम्बुलेन्सहरू समेत अलपत्र परेका छन्, जसले यात्रुहरू र बिरामीहरूलाई गम्भीर असर पारेको छ।

सडक डिभिजन कार्यालय चारकोटका प्रमुख अमित श्रेष्ठका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको छ।

भोटेकोसी गाउँपालिकाका वडाध्यक्ष पासाङ नुर्पु शेर्पाका अनुसार सडक खुलाउन डोजर परिचालन गरिएको छ र थप जनशक्ति तथा उपकरणहरू पनि परिचालन हुँदैछन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356