

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक आज दोहोरो अंकले उकालो लागेको छ। नेप्से २२.०४ अंकले बढेर २,७०५.९० विन्दुमा पुगेको हो।
कुल ३१६ कम्पनीका १,५८,२२,९७० कित्ता सेयर ६२,८८४ पटक किनबेच हुँदा कारोबार रकम ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँ (७,४५१,८७७,१०२) पुगेको छ।
यद्यपि वित्त समूह र म्युचुअल फन्ड उपसमूहमा क्रमशः ०.३८% र ०.०१% ले गिरावट आयो भने बाँकी सबै उपसमूहहरूमा हरियाली देखिएको छ।
उपसमूहमध्ये सबैभन्दा धेरै वृद्धि बैंकिङ क्षेत्रमा देखिएको छ, जसले १.६८% को बढोत्तरी गर्यो। त्यसपछि लगानी समूह १.३७% ले बढ्यो। विकास बैंक ०.३४%, होटल तथा पर्यटन ०.२८%, जलविद्युत ०.५४%, जीवन बीमा ०.२४%, उत्पादन तथा प्रशोधन ०.९५%, लघुवित्त ०.८५%, निर्जीवन बीमा ०.२४%, व्यापार ०.३४% र अन्य समूह ०.३०% ले उकालो लागेका छन्।
आज सबैभन्दा धेरै मूल्य वृद्धि बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ६.२१% ले भएको हो भने सबैभन्दा बढी मूल्य घट्ने कम्पनी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ, जसको सेयर मूल्य ४.४१% ले घटेको छ |