

रत्न, सुनचाँदी व्यापारी तथा कारीगरहरूले आफ्ना विभिन्न मागहरू राख्दै विरोध प्रदर्शन सुरु गरेका छन्।
नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको संयुक्त आयोजनामा बुधबार काठमाडौंमा र्याली र कोणसभा सम्पन्न भएको हो।
प्रदर्शनकारीहरूको मुख्य मागमा हीरा र अन्य बहुमूल्य रत्नमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाइनुपर्ने र सुनमा लगाइएको २ प्रतिशत लक्जरी कर खारेज गर्नुपर्ने रहेका छन्।
यसैबीच भक्तपुरमा रहेका सुनचाँदी व्यापारीहरूले सिठी जुलुस निकालेर प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्। आन्दोलन अन्तर्गत चरणबद्ध रूपमा देशैभर विरोध कार्यक्रमहरू सञ्चालन हुने संघहरूले जनाएका छन्।