

रुसको युक्रेनसँग सिमाना जोडिएको कुर्स्क ओब्लास्टमा मङ्गलबार सार्वजनिक समुद्रकिनारमा भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको ज्यान गएको छ भने पाँच वर्षे बालकसहित सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीका अनुसार आक्रमणको समयमा बालबालिका सहितका परिवारहरू अवकाश बितािरहेका थिए र आसपास कुनै पनि सैनिक लक्ष्य थिएन।
अस्थायी गभर्नर अलेक्जेन्डर खिन्शटेनले टेलिग्राममार्फत जानकारी दिँदै आक्रमण साँझको समयमा भएको बताए। पहिलो विस्फोटपछि नागरिकलाई सुरक्षित स्थानमा लैजान सहायता गरिरहेका रूसी नेशनल गार्डका एक वरिष्ठ सार्जेन्ट दोस्रो ड्रोन विस्फोटमा परी मारिएका छन्।
घाइतेहरूमा छर्राबाट लागेको चोट र जलनको असर देखिएको छ। पाँच जना गम्भीर अवस्थामा क्षेत्रीय अस्पतालमा उपचाररत छन्। घटनास्थलमा आपतकालीन सेवाहरू तत्काल परिचालन गरिएको र अनुसन्धान जारी रहेको खिन्शटेनले बताएका छन्। युक्रेनी अधिकारीहरूले भने यसबारे हालसम्म कुनै टिप्पणी गरेका छैनन्।