जनकपुरधाममा पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु |

Logo
Red FM मंगलबार, आषाढ २४, २०८२

जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वर बजार टोलमा पोखरीमा नुहाउने क्रममा दुई सानी दिदीबहिनीको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी वरुणबहादुर सिंहका अनुसार मृतकहरू चार वर्षीया आरोही कुमारी राउत र तीन वर्षीया मैथिली कुमारी राउत रहेका छन्। दुबै जना सोही टोलका स्थानीय बासिन्दा हुन्।

घटना आज बिहान भाईया पोखरीमा नुहाउने क्रममा भएको हो। स्थानीयवासी कैलाश राउतका अनुसार दुवै बालिका पोखरीको गहिरो भागमा फसेर उद्धार गर्न नसकिएको बताइएको छ।

घटनापछि तुरुन्तै अस्पताल पुर्‍याइए पनि डाक्टरले मृत घोषणा गरेका थिए। शवहरू पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356