दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पक्राउ गर्ने तयारी

Logo
Red FM बिहिबार, पुष १९, २०८०

भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रवर्तन निर्देशनालय (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित हुन मुख्यमन्त्री केजरीवाललाई समन जारी गरेको थियो । तर लगातार समन जारी हुँदासमेत केजरीवालले बेवास्ता गरेपछि पछिल्लो घटनाक्रम विकसित भएको हो ।

मुख्यमन्त्री केजरीवाल दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका मुख्य नेतासमेत हुन् । बुधबार रातिदेखि नै आम आदमी पार्टीका नेता तथा कार्यकर्ताहरुले केजरीवाललाई गिरफ्तार गर्न सक्ने आशंका प्रकट गर्दै आएका थिए ।

दिल्ली सरकारका मन्त्री आतिशी र सौरभ भारद्वाजले राति अबेर गरेको ट्वीटमा इडीले केजरीवालको घरमा छापा मार्न सक्ने उल्लेख थियो । केजरीवालले इडीको तेस्रो समनलाई पनि बेवास्ता गरेपछि उनीहरुले यस्तो आशंका प्रकट गरेका थिए ।

मदिरा घोटाला प्रकरणमा छानबिनका लागि इडीले यसअघि २ नोभेम्बर र २१ डिसेम्बरमा समन जारी गरेको थियो । तेस्रो समनमा उनलाई गत बुधबार पेस हुन भनिएको थियो ।

तर मुख्यमन्त्री केजरीवाल इडीमा उपस्थित भएनन् । बरु उनले पत्रमार्फत इडीलाई लिखित प्रश्न पठाउन भनेका थिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356