मेगा ब्लड डोनेशन ड्राइवको ब्यानर विमोचन, असोज १ गते विराटनगरका ५ स्थानमा रक्तदान कार्यक्रम हुने

Logo
भोजराज घिमिरे शनिबार, आषाढ २१, २०८२

मेगा ब्लड डोनेशन ड्राइवको ब्यानर विमोचन, असोज १ गते विराटनगरका ५ स्थानमा रक्तदान कार्यक्रम हुने

विराटनगर, असार २१ –
विश्वका ५० भन्दा बढी देशमा एकैदिन हुने मेगा ब्लड डोनेशन ड्राइव कार्यक्रमको सन्दर्भमा तेरापंथ युवक परिषद् विराटनगरले आयोजना गर्न लागेको रक्तदान अभियानको ब्यानर आज विमोचन गरिएको छ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शनिबार एक कार्यक्रमका बीच ब्यानर विमोचन गरेका हुन्। असोज १ गते विराटनगरका पाँच स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रममा तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त वैद्य, उपाध्यक्ष तथा कार्यक्रम संयोजक अमित धाडेवा, महासचिव समित सुराना, पूर्व अध्यक्ष एवं सल्लाहकार पंकज लुनिया, सल्लाहकार डा. दिपेन्द्र नौलखा, जैन श्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगड, महासचिव सुरेन्द्र नौलखा, तेरापंथ महिला मण्डल विराटनगरकी अध्यक्ष मिलन नौलखा तथा तेरापंथ प्रोफेसनल फोरम विराटनगरका अध्यक्ष अमित सुराना लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक अमित धाडेवाका अनुसार असोज १ गते विराटनगरको जैन श्वेताम्बर तेरापंथ भवनलाई केन्द्रबिन्दु बनाएर ५ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ। अभियानमार्फत ५ सयभन्दा बढी युनिट रगत संकलन गर्ने लक्ष्य रहेको बताइएको छ।

उक्त कार्यक्रम एकैदिन सम्पन्न हुने र विराटनगरमा यसलाई भव्यरूपमा सफल बनाउने तयारी सुरु भइसकेको संयोजक धाडेवालाले जानकारी दिए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356