भारतको नाटकीय पतन : शून्य रनमा गुमायो ६ विकेट

Logo
Red FM बिहिबार, पुष १९, २०८०
भारतको नाटकीय पतन : शून्य रनमा गुमायो ६ विकेट

भारतको नाटकीय पतनपछि दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । दक्षिण अफ्रिकालाई ५५ रनमा अलआउट गरेको भारत आफै १ सय ५३ रनमा आलआउट हुन पुगेको हो ।पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतविरुद्ध टेस्ट इतिहासमा सबैभन्दा कम योगफल बनाउँदै मात्र १६.२ ओभरमा अलआउट हुन पुगेको थियो । जवाफी ब्याटिङमा उत्रेको भारत १ सय ५३ रनमा ४ विकेटको क्षतिमा बलियो अवस्था रहेको थियो । तर त्यसपछि बाँकी ६ विकेट भारतले शून्य रनमा गुमाउन पुग्यो ।

३३.१ ओभरमा केएल राहुल ८ रन बनाएर आउट भएपछि भारतले क्रमशः रवीन्द्र जडेजा, जसप्रित बुमराह, विराट कोहली, मोहम्मद सिराज र प्रसिद्ध कृष्णालाई गुमायो । मात्र ३४.५ ओभरमा भारत अलआउट हुन पुग्यो ।

भारतीय इनिङ्सलाई ध्वस्त पार्न कागिसो रबाडा, लुंगी एनगिडी र नान्द्रे बर्गरले ३–३ विकेट लिए । भारतका ६ ब्याट्सम्यान शून्य रनमा आउट हुँदा कोहलीले सर्वाधिक ४६ रन बनाए भने कप्तान रोहित शर्माले ३९ तथा शुभमन गिलले ३६ रनको योगदान दिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356