“उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि” नाराका साथ अचार बनाउने ७ दिने तालिम सम्पन्न

Logo
भोजराज घिमिरे सोमबार, आषाढ १६, २०८२
  1. “उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि” नाराका साथ अचार बनाउने ७ दिने तालिम सम्पन्न
    विराटनगर, असार १६ ।
    “उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि” भन्ने नाराका साथ सञ्चालन गरिएको अचार बनाउने ७ दिने तालिम सोमबार सम्पन्न भएको छ। कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयको घरेलु तथा साना उद्योग कार्यालय, विराटनगरको आयोजना तथा साझा प्रयास, नेपालको समन्वयमा सञ्चालन गरिएको तालिम असार १० गतेदेखि विराटनगर वडा १ मा सञ्चालनमा आएको थियो।
    तालिममा विराटनगरका विभिन्न वडाबाट सहभागी भएका १५ जना महिलालाई विभिन्न परिकारका अचार बनाउने सीप प्रदान गरिएको थियो। अचार उत्पादनका विविध विधि, गुणस्तरीय प्याकेजिङ, बजार व्यवस्थापन तथा व्यवसायिकरणसम्बन्धी जानकारीसमेत प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।
    तालिम समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका प्रमुख भवानी घिमिरेले तालिममा सिकेको सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले यस्ता कार्यक्रम अन्य स्थानमा पनि सञ्चालन भइरहेको जानकारी दिनुभयो।
    विराटनगर वडा १ का वडासचिव सुमन दाहालले अचारको बजारमा माग धेरै रहेकाले महिलाहरूले उत्पादन गरेको अचारको बजार प्रवर्द्धनमा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
    नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले महिलालाई स्वरोजगार बनाउन यस्ता तालिमहरू उपयोगी हुने बताउनुभयो।
    साझा प्रयास, नेपालका सल्लाहकार एवं पत्रकार भोजराज घिमिरेले महिलालाई आत्मनिर्भर बनाउने यस्ता कार्यक्रमको निरन्तरतामा जोड दिनुभयो।
    संस्थाकी अध्यक्ष आशा खडकाले तालिमको महत्वमाथि प्रकाश पार्दै भविष्यमा पनि यस्ता तालिम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो।
    प्रशिक्षक मालती आचार्यले तालिम सञ्चालन गर्नुभएको थियो भने सहभागी इन्दिरा दाहालले तालिममा प्राप्त अनुभव सुनाउनुभएको थियो।
    समापन समारोहमा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356