रिडी–वामीटक्सार सडकखण्ड पहिरोले अवरुद्ध, यात्रु बीचमै अलपत्र |

Logo
Red FM सोमबार, आषाढ १६, २०८२

आइतबार रातिको लगातार वर्षापछि परेको पहिरोले चन्द्रकोट गाउँपालिका–८ र मुसिकोट नगरपालिका–५ को सिमाना नजिकै तल्लोफाँटमा रिडी–वामीटक्सार सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस सडकखण्डमार्फत रिडी र वामीटक्सार हुँदै पाल्पा तथा बुटवल जोड्ने प्रमुख मार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। दैनिक रूपमा अत्यधिक सवारी चल्ने यो सडकखण्डमा पहिरोका कारण यात्रा प्रभावित भएको हो।

मजुवा प्रहरी चौकीका सहायक निरीक्षक शिवधन प्रसाद कथरिया नेतृत्वको प्रहरी टोली घटनास्थलमा परिचालित भई सडक खुलाउने कार्यमा खटिएको छ भनी डिएसपी गङ्गा बहादुर सारुले जानकारी दिनुभयो।

वामीटक्सारबाट पाल्पा तथा बुटवलतर्फ जाँदै गरेका केही सवारी साधनहरू बाटोमै अलपत्र परेका छन्।

प्रहरी तथा स्थानीय निकायको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ तर लगातारको वर्षाले कार्यमा अवरोध पुर्‍याउने सम्भावना छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356